+
+

काठमाडौंका फुटपाथमा धराप, जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १९:१७

१४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । तर, ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ ।

दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भई ढुक्कसँग हिँड्न योग्य छैनन् ।

देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा अनि हृविलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर, संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् ।

खाल्डो, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ ।

पाटनको अग्नीशाला नजिकै फुटपाथमा रहेको रुख ।

फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ ।

हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन ।

कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन् ।

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल  

त्रिपुरेश्वरमा पर्खाल भत्केपछिको फुटपाथ ।
ललितपुर थसिखेल फुटपाथमा फ्याकिएको फोहोर ।
बानेश्वरको फुटपाथमा पार्क गरिएका मोटरसाइकलहरू ।
नयाँ बानेश्वरको फुटपाथमा नेपाल प्रहरीले आन्दोलनकारीलाई रोक्न राखेको काँडेतार ।
सानेपा सडकमा राखिएको निर्माण सामग्री ।
सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामग्री ।
लगनखेल सातदोबाटो सडकको फुटपाथ ।
काठमाडौं दरबारमागमा भत्केको फुटपाथ ।
मंगलबजार सडक हुँदै गन्तव्यतर्फ जाँदै यात्रु ।
सानेपा फुटपाथमा लगाइएको रुख ।
चापागाँउको हिलाम्मे सडक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?