+
+

नेपालसँग सिरिज खेल्ने केन्याको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १२:५९

१५ साउन, काठमाडौं । केन्याले नेपालसँग सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले केन्याले अगस्टको चौथो साता सिरिज खेल्न प्रस्ताव गरेको अनलाइनखबरलाई बताए । यस विषयमा क्यान पनि सकारात्मक रहेको उनले बताए ।

बर्षायाम भएका कारण नेपालमा खेल हुन नसक्ने भन्दै उनले यसका लागि केन्यासँग थप छलफल आवश्यक भएको बताए । ‘क्यानले अन्य छलफल गर्न बाँकी नै छ । आर्थिकदेखि व्यवहारिक कुराहरु मिलाउनुपर्छ’ महाप्रबन्धक खनालले भने ।

नेपालले सिरिज खेल्ने कि नखेल्ने भन्नेबारे भने लण्डनमा रहेका अध्यक्ष र कार्यकारी सचिव नेपाल फर्किएपछि मात्र निर्णय हुनेछ ।

हाल नेपालमा प्रमुख प्रशिक्षक पनि नभएकाले सिरिजलाई कसरी अगाडि बढाउने भन्ने बारे क्यानमा छलफल हुन बाँकी रहेको महाप्रबन्धक खनालले जानकारी दिए ।

सिरिज एकदिवसीय वा टि-२० कुन फरम्याटमा हुने भन्नेबारे पनि छलफल बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?