+
+

‘महानायक’ विवादमा भुवनतिर खुलेका दिलीपले भेटे राजेश हमाल !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:३८

काठमाडौं । ‘महानायक’ कसलाई मान्ने ? राजेश हमाल वा भुवन केसी ? यो कुरालाई लिएर सामाजिक सञ्जालमा धेरैपटक जुहारी चल्ने गरेको छ ।

विवाद चर्किएको बेला अभिनेता दिलीप रायमाझी भुवनको कित्तामा उभिएका थिए । सुपरहिट फिल्म दिएकैले भुवनलाई महानायक बनाउनुपर्छ भन्ने दिलीपको तर्क थियो ।

भुवनले जस्तो सुपरहिट फिल्म अरुले दिन नसकेको भन्दै दिलीप उनको पक्षमा खुलेका थिए । तर अहिले भने महानायक कन्ट्रोभर्सी सेलाएको छ । दिलीपले शनिबार बेलुका हमालसँग क्याजुअल भेट गरेका छन् ।

भेटमा सहभागी राजेश घतानीका अनुसार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’को निम्तो दिन दिलीप हमाललाई भेट्न पुगेका हुन् । डेढ घण्टाको भेटमा दुई अभिनेताबीच विगतको छायांकनको किस्सा पनि सेयर भएको थियो ।

हमालले दिलीपको निम्तो स्वीकारेका छन् । आगामी बिहीबार उक्त रियालिटी शोमा हमाल अतिथि पनि बन्नेछन् । हमालसँगको भेटपछि दिलीपले तस्वीर सेयर गर्दै क्याप्सन लेखेका छन्, ‘तपाईंलाई दाजु भनेर बोलाउँदा गर्व महसुस भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?