+
+

विश्वकप २०२६ का लागि नेपालले एसियन छनोटको पहिलो चरण खेल्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १५:२९

१६ साउन, काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लागि एसियन फुटबल महासंघ (एएफसी) ले छनोटको रोडम्याप सार्वजनिक गरेको छ ।

एएफसीको कार्यकारी समितिले आफ्ना सदस्य राष्ट्रसँग छलफल गरेर चार चरण समावेश भएको एसियन क्षेत्रको क्वालिफिकेसन फर्म्याट स्वीकृति गरेको हो । सन् २०२६ को विश्वकपमा ४८ टिम सहभागी हुने छन् । जहाँ एसियाका ८ टिम सिधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एएफसीले सार्वजनिक गरेको फर्म्याट अनुसार २०२६ को विश्वकपको लागि एसियामा चार चरणको छनोट हुनेछ । जसमा नेपालले पहिलो चरणदेखि नै खेल्नुपर्नेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्ने छन् । एसियामा नेपालको वरीयता ३० भन्दा पछि छ । त्यसैले पनि नेपालले पहिलो चरण खेल्नुपर्ने हुन्छ ।

यसमा एक टिमले अर्को एक टिमसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । यस चरणमा ११ विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछ । जहाँ १ देखि २५ वरीयतासम्म रहेका र पहिलो चरणको विजेता ११ गरी ३६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ र हरेक समूहमा चार-चार टिम हुनेछन् । हरेक समूहको खेल होम एण्ड अवेका आधारमा खेलाइनेछ । जसबाट समूह विजेता र समूह उपविजेता गरी कूल १८ टिम सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनेछ भने विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ ।

तेस्रो चरणमा १८ टिमलाई ६ टिम सम्मिलित तीन समूहमा विभाजन गरिनेछ । हरेक टिमको समूह विजेता र समूह उपविजेता गरी ६ टिम सिधै विश्वकपमा छनोट हुनेछ । यस्तै एसियन प्लेअफमा तेस्रो चरणमा तेस्रो र चौथो भएको गरी कूल ६ टिमलाई दुई समूहमा विधाजन गरेर खेलाइनेछ । जसमध्ये समूह विजेता बन्ने दुई टिम विश्वकपमा छनोट हुनेछ ।

यस्तै दोस्रो स्थानमा रहने टिमबीच अन्तरमहादेशीय प्लेअफमा जानका लागि खेल हुनेछ ।

यसैगरी एसिया कप २०१७ को बाँकी स्थानका लागि पहिलो चरणको छनोटमा पराजित भएका टिमहरुलाई पनि पेरि मौका दिइनेछ । जसलाई एसिया कप क्वालिफायर प्लेअफ भनिनेछ । पहिलो चरणमा पराजित १० टिमलाई होम एण्ड अवेका आधारमा खेल्ने गरी ड्र गरिनेछ ।

यसबाट विजेता बन्ने ५ टिम एसिया कपको अन्तिम चरणको छनोटका लागि छानिनेछ । अन्तिम चरणको छनोटमा पहिलो चरण छनोटमा पराजित मध्येको उत्कृष्ट १ टिम, दोस्रो चरणको छनोटमा ९ समुहको तेस्रो र चौथो भएको कुल १८ टिम र एसियन कप क्वालिफायर्स प्लेअफबाट आएका ५ गरी २४ टिमले खेल्नेछन् ।

२४ टिमलाई ६ समूहमा विभाजन गरिनेछ र हरेक समूहको विजेता मात्र एसिया कप २०२७ मा छनोट हुनेछ । दोस्रो चरणमा छनोट भएका १८ र अन्तिम चरणको ६ गरी कूल २४ टिमबीच एसिया कप हुनेछ । एसियाको दर्ता भएका ४७ सदस्य राष्ट्रको आधारमा यो पर्म्याट तयार गरिएको र अन्तिममा हुने दर्ता नम्बर अनुसार टिमसंख्या फेरिन सक्ने एएफसीले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?