+
+

जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन सभामुखलाई बारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १६:३४

१६ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सोमबार बारका पदाधिकारीको टोली सभामुख सापकोटालाई भेट्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उनीहरुले संसदमा विचाराधीन रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग गरेका हुन् ।

बारकी महासचिव अञ्जिता खनालले अहिलेकै अधिवेशनमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन माग गरेको जानकारी दिइन् । ‘हामीले यही अधिवेशनबाट अघि बढाउन भन्यौं, तर सभामुखले अहिले बजेट अधिवेशन भएकाले अर्को अधिवेशनको पहिलो विषय नै यसलाई बनाउछौं भन्नुभएको छ’ उनले भनिन् ।

जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले त्यसपछि महाअभियोग सिफारिस समिति बनाए पनि समितिमा महाअभियोग प्रस्ताव अघि बढाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?