+
+

आरक्षित सिटमा अरु यात्रु राख्ने सवारीलाई कारबाही गर्दै ट्राफिक

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा चल्ने र यहाँबाट अन्य गन्तव्यमा छुट्ने सार्वजनिक सवारीमा आरक्षित सिटमा लक्षित वर्गका व्यक्ति नै राख्ने अभियान तीब्र पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते २०:०४
फाइल तस्वीर

१७ साउन, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा चल्ने र यहाँबाट अन्य गन्तव्यमा छुट्ने सार्वजनिक सवारीमा आरक्षित सिटमा लक्षित वर्गका व्यक्ति नै राख्ने अभियान तीब्र पारेको छ । त्यसका लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर सवारीका छड्के गरिरहेको छ ।

सार्वजनिक सवारीका ज्येष्ठ नागरिक, अपाङ्गता र महिलाका लागि सिट आरक्षित गरिएको छ । तर, आरक्षित सिटमा लक्षित वर्गले बस्न नपाउने तर अन्य यात्रुले बसेर यात्रा गर्दा सवारीचालक र सहचालकले पहल नलिने समस्या छ ।

मंगलबार सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सिट लागू भए/नभएको अनुगमन गर्दा आरक्षण सिटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक भाडा बसलाई कारबाही गरेको छ ।

जसअन्तर्गत उपत्यकाबाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई नियम बमोजिम कारबाही गरेको छ ।

चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?