+
+

महिला आयोगकी अध्‍यक्षमाथि लाञ्‍छना लगाउनेमाथि कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १९:३३

१८ साउन, काठमाडौं । राष्ट्रिय महिला आयोगले आयोगकी अध्‍यक्ष कमला पराजुलीको विभिन्‍न सञ्‍चार माध्‍यमबाट चरित्रहत्या गर्ने र मानहानी समेत गर्ने दूराशयपूर्ण कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।

आयोगकी उपसचिव एवं प्रवक्ता चमिला भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘… अध्‍यक्ष पराजुलीले आफू कुनै पनि समय कुनै पनि किसिमको गलत कार्य नभएको र आफूविरुद्ध लगाइएका लाञ्छना उपर सम्बन्धित नियामक निकायबाट छानबिन भई दोषी प्रमाणित भएमा आफू सजायँ भोग्न तयार रहेको समेत जनाउनु भएको छ।’

यस्तै अध्‍यक्षले सामाजिक सञ्जाल र सञ्जारमाध्‍यमबाट नकारात्मक समाचार लेख्‍ने सञ्‍चारकर्मी तथा सञ्‍चार माध्‍यमहरुमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलका अध्‍यक्षलाई समेत ध्‍यानाकर्षण गराएको आयोगले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?