+
+

सुदूरपश्चिममा दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते २०:२९

१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विधेयक प्रदेशसभाबाट पारित गरिएको छ ।

बुधबार बसेको प्रदेशसभाको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको असहमतिकाबीच संशोधन विधेयक बहुमतले पारित भएको हो ।

प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त संशोधन विद्येयक कार्यान्वयनमा जानेछ । योसँगै अब सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकले गाडी सुविधा पाउने भएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभा सदस्यहरुले उपचार खर्च पाउने भएका छन् ।

प्रदेशसभा सचिवालयबाट यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले मात्र गाडी सुविधा लिदै आएका थिए भने अब सत्ता पक्षमा रहेका सबै संसदीय दल र विपक्षी दलको प्रमुख सचेतकलाई पनि गाडी सुविधा हुने भएको छ ।

योअनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतकले गाडी सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?