+
+

‘भ्वाइस अफ नेपाल-४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १२:०८

काठमाडौं । हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।

राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् भने राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् ।

तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् । गायिका प्रविशाले द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छन् भने राजेशपायल राई द भ्वाइस अफ नेपाल सिजन ३ का केही एपिसोडमा गेस्ट कोच बनेका थिए ।

चौथो सिजनको औपचारिक घोषणा बिहीबार हुँदैछ । डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेको जनाइएको छ ।

यसपटक पनि विदेशमा बसोबास गर्ने नेपालीभाषीले सहभागिता जनाएका छन् । भारत, थाइल्यान्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी प्रतिभाले पनि अडिसनमा भाग लिएको जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले अनलाइनखबरलाई बताए ।

हिमालय टीभीका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार कार्यक्रम उत्पादनको काम तीव्र रुपमा अघि बढिरहेको र आगामी एक महिनाभित्रै सिजन ४ को प्रसारण सुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

यसैबीच चौथो सिजनका मुख्य प्रायोजकसँग सम्झौता पनि भएको छ । टाइटल स्पोन्सरमा बजाज पल्सर मोटरसाइकल छ । पावर्ड बाई स्पोन्सरमा रेड पेस्ट, एनआईसी एसिया बैंक र पाथीभरा ज्वेलर्स छन् । को-स्पोन्सरको रुपमा रोहोतो सनप्ले, इलोइस हेयर रिमुभल क्रिम र मंगलदीप अगरबत्ती छन् ।

एसोसिएट स्पोन्सरको रुपमा सामसुङ मोबाइल, लेयर वाटगर्ल र जोय रहेका छन् भने एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ छ ।

भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज र डान्सिङ स्टार्स नेपाल प्रसारण गरिरहेको टेलिभिजनले चाँडै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’, नेपाल्स नेक्स्ट टप मोडल र मौलिक रियालिटी शो ‘लोकस्टार’ प्रसारण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?