+
+
Shares

एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको छ : माओवादी केन्द्र

‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १४:३९

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ ।

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए ।

‘जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने ?’ प्रतिनिधि सभामा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ ।’

माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गरिन् । ढिला हुनुको कारण खोतल्न आवश्यक नरहेको, ढिला हुनुको कारणबारे सबै जानकार रहेको भन्दै उनले ढिलो भए पनि राम्रो हुनुको स्वागत गरिनुपर्नेमा जोड दिइन ।

तर, महाअभियोग पास गराउनका लागि प्रमुख प्रतिपक्षको पनि साथ आवश्यक रहेको भन्दै उनले नैतिक रुपमा जिम्मेवार बन्न एमालेलाई आग्रह गरिन । ‘जब प्रधानन्यायाधीश भ्रष्टाचारमा मुछिन्छन्, संवैधानिक परिषद जस्तो अध्यादेशबारे परेको मुद्दाबारे समयमै फैसला नगरेर कार्यपालिकासँग बार्गेनिङ गर्ने, श्रीमती हत्या जस्तो विषयमा कैद घटाउने यस्ता प्रधानन्यायाधीशलाई हामीले त्यसै छोड्न मिल्छ ?’ प्रमुख प्रतिपक्षी एमालेलाई माओवादी सांसद विशंखेको प्रश्न छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?