+
+

प्रदीप ज्ञवालीलाई डिला संग्रौलाको जवाफ : सरकार कामचलाउ होइन, पूर्ण बहुमतको हो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १४:५४

२२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणा गरेको सरकार काम चलाउ भएको भन्दै सदनलाई विजनेश दिन नसक्ने टिप्पणी गरेका छन् । सांसद ज्ञवालीको प्रश्न छ, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

ज्ञवालीलाई जवाफ दिँदै कांग्रेस सांसद डिला संग्रौलाले सरकार पूर्ण बहुमतको भएको हेक्का राख्न आग्रह गरिन् । यो सवाल जवाफ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढेको सन्दर्भमा भएको हो । एमाले सांसद ज्ञवालीले भनेका छन्, ‘अब सदन अन्त्य हुने बेलामा ल्याएर हामीले न्याय गर्दैछौं ? यो उचित भएन ।’ साथै उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने बताए ।

यसबारे जवाफ दिँदै कांग्रेस सांसद संग्रौलाले भनेकी छन्, ‘यो सरकार काम चलाउ हो भन्नुभयो । उहाँहरुलाई हेक्का छ कि छैन, यो सरकार काम चलाउ सरकार हैन । पूर्ण बहुमतका साथ बनेको सरकार हो । पूर्ण बहुमतको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी छ । यसकारण सर्वोच्चमा बिचौलिया अगाडि नबढुन् भनेर महाअभियोग ल्याइएको हो ।’

बरु एमालेलाई चोलेन्द्रको पक्षमा नभई न्यायलयको स्वच्छताको पक्षमा उभिन एमालेलाई सांसद संग्रौलाले आग्रह गरिन् । ‘सत्तापक्ष र प्रतिपक्षको आखाँले नहेरी न्यायपालिकामा रहेको बिचौलिया र भ्रष्टाचारको विरुद्ध उभिएर जाउँ’ उनले एमालेलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?