+
+

एउटै मञ्चमा गुन्जिए तीन पुस्ताका कवि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १४:२७

२३ साउन, काठमाडौं । कविता सुनाउन कविहरु जुट्नु कुनै नौलो कुरा होइन । तर, फरक–फरक पुस्ताको प्रतिनिधित्व हुने गरी कविता वाचन हुने कार्यक्रम सहरमा कमै हुन्छ । शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरको मञ्चमा उभिएर तीन पुस्ताका कविले आफ्ना कविता सुनाए ।

जरुवाले सुरू गरेको ‘कवितामा तीन पुस्ता’ शृंखलामा दिनेश अधिकारी, श्रवण मुकारुङ र अनुज पुस्ताकी रन्जना निरौलाले आआफ्नो पुस्ताको कविता सुनाएका हुन ।

पहिलो पुस्ताको प्रतिनिधित्व गर्दै अधिकारीले जंगलमा वर्षा, आवाजको सौन्दर्य, घरबाट निस्केपछि, मरणको आनन्द र अन्तिम तयारी शीर्षकका कविता वाचन गरेका थिए ।

दोस्रो पुस्ताबाट मुकारुङले म्याडम गीता, डराउँछु म मृत्युसित, स–साना शब्दहरूसित, हुमान सिंह भुजेलको भैँसी प्रेम, आवाज नआइपुग्ने मेघको उज्यालो शीर्षकका कवितावाचनहरू वाचन गरे ।

कान्छो पुस्ताकी निरौलाले मेरो ईश्वर म नै हुँ, तिम्रा यादहरू, दशैँः सधैँ मेरो विपक्षी, समयः कविताको अनुभूतिमा र परिधिको आकांक्षा शीर्षकका कविता सुनाएकी थिइन् ।

आयोजक जरुवाका प्रमुख दीप दर्पण डाँगीले कविताको माहोल सुस्ताएको शृंखला सुरु गरेको भन्दै आगामी दिनमा अझै परिस्कृत बनाएर लैजाने बताए । यो शृंखला हरेक दुई महिनाको एक पटक आयोजना हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?