+
+
Shares
कविता :

भोक !

विक्रम पोखरेल  विक्रम पोखरेल 
२०७९ साउन २३ गते १४:२४

पैसा हुनेलाई पनि

पैसा नहुनेलाई पनि

सानो पेट, ठूलो पेट

अग्लो, होचो

कालो, गोरो

धनी, गरिब

सबैलाई जाग्ने

उठ्ने बित्तिकै अनि

सुत्नुअघि पनि उत्तिकै लाग्ने,

कस्तो अपराधी, पापी रहेछ यो भोक !

रोगमा, शोकमा, झोंकमा

अनि सबथोकमा

चिल्लो, पिरो, गुलियो, अमिलो

जस्तो भए पनि चाहिने

लाग्नलाई पैसै नपर्ने

फ्रीमै पाइने

कहिले हावाले मात्रै त

कहिले पानीले मात्रै

पेट टन्न भराइने

कस्तो अपराधी, पापी रहेछ यो भोक !

ठेलामा, मेलामा, भेलामा

जस्तोसुकै संकटको बेलामा

उसले लाग्नैपर्ने

खल्ती टाट पल्टेर

भौतारिरहँदा पनि

फेरि उही जाग्नैपर्ने

हेरेर, श्वास फेरेर, इच्छालाई पर ठेलेर

मात्रै हुँदै नहुने

उही बेला उसलाई माग्नैपर्ने

कस्तो अपराधी, पापी रहेछ यो भोक !!

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?