+
+

पार्टीको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेविसंघको प्रदर्शन 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १५:०६

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर विद्यार्थीहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि भन्दै नेविसंघका कोइराला समूहका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

साउन मसान्तभित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पूर्णता दिन बाँकी रहेका भातृसंस्थालाई पूर्णता दिने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न र कोइराला पक्षसँग सल्लाह गरेर विधान अनुसार भातृसंस्थाको गठन गर्नका लागि दबाव दिन प्रदर्शन गरिएको विद्यार्थी दिनेश शाहीले बताए ।

‘पार्टी केन्द्रीय समितिको निर्णयनै कार्यान्वयन नहुने आशंका उब्जिएको छ । यस्तो अवस्था आउनु समग्र पार्टीकै लागि दुखद बिषय हो,’ विद्यार्थी नेता भुवन भट्टले भने, ‘तत्काल नेपाल विद्यार्थी संघलाई बिधानसम्मत पूर्णता दिनु पर्छ, त्यसैका लागि हामीले पार्टीका नेताहरूको ध्यानाकर्षण गराएका हौँ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?