+
+

गठन नै नभएको कार्यसम्पादनले नेविसंघको महाधिवेशन मिति तोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १७:५१

२३ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघले २०८१ सालको पुस मसान्त भित्र १२ औं महाधिवेशन गर्ने भएको छ । शुक्रबार बसेको संघको केन्द्रीय समितिकोे बैठकले १२ औं महाधिवेशन गर्ने निर्णय लिएको हो ।

माउ पार्टी नेपाली कांग्रेससँग समन्वय गरी महाधिवेशनको मिति तोक्ने जिम्मेवारी भने कार्यसम्पादन समितिलाई दिइएको छ । संघको कार्यसम्पादन समिति भने गठन भइसकेको छैन ।

एक महिनाभित्र कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरिएको छ । कार्यसम्पादन समितिमा केन्द्रीय समितिको १० प्रतिशत सदस्य हुने निर्णय संघले गरेको छ । संघमा तदर्थ समिति ७५२ जनाको छ । बैठकले विधान संशोधन एवं परिमार्जन गर्न विधान समिति गठन गर्ने निर्णय गरिएको छ ।

विधान अनुसार प्रत्येक २ वर्षमा संघको अधिवेशन हुनुपर्दछ । २०७२ सालमा निर्वाचित भएका नैनसिंह महर पछि संघले अधिवेशन गर्न सकेको छैन । त्यस यता, दुईवटा तदर्थ समिति बनिसकेको छ ।

संघले गरेका निर्णयहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?