+
+

नेविसंघले ५५ औं स्थापना दिवसमा सबै पालिकामा ज्ञापनपत्र बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १८:०४

४ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ६ वैशाखमा आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा ७५३ स्थानीय तहमा विज्ञप्ति बुझाउने भएको छ । विज्ञप्ति बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको छ ।

ज्ञापनपत्रमा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने लगायतको माग समेटिने नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।

२२ चैतमा बसेको नेविसंघ केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा राखिएका प्रस्ताव अनुसार निर्णय गरिएको कन्द्रीय अध्यक्ष शेर्पाले बताए ।

उनका अनुसार प्रतिनिधि जान चाहनेको लागि अनलाइन फारम खुला गरिएको थियो । सोही आवेदन अनुसार केन्द्रीय सदस्य, स्ववियु सभापति एवं विभिन्न इकाइ सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक–एक जना केन्द्रीय प्रतिनिधि तोकिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?