+
+

‘कफी विथ करण’मा निम्तो नआएकोबारे तापसीको टिप्पणी : त्यहाँ जान मेरो यौन जीवन रोचक छैन !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:२७

काठमाडौं । ‘कफी विथ करण’ यस्तो शो हो, जसले मुम्बई फिल्म उद्योगका सेलिब्रिटीलाई दुई कित्तामा विभाजन गरिदिएको छ । एकथरी कलाकार जो गसिपबाट टाढा रहन रुचाउँछन् र अर्कोथरी विवाद र गसिपको केन्द्रमा छन् ।

करण जोहरको यो चर्चित टक शोको सातौं सिजन सुरु भएको छ र बलिउड मिडिया यही वरपर फन्को मारिरहेका छन् । यस्तो लाग्दैछ, करण जोहरको उक्त शोमा जान नपाए कतिपय बलिउड सेलिब्रिटीलाई आफू मूलधारमा नपर्ने हो कि भन्ने भान पर्दैछ ।

अभिनेत्री तापसी पन्नु कफी विथ करण शोविरुद्ध खनिएकी छन् । ‘दोबारा’ फिल्मको प्रवद्र्धनमा खटिएकी तापसीले करणको उक्त शोविरुद्ध कटाक्ष पनि गरेकी छन् ।

उक्त प्रचारको दौरान तापसीलाई मिडियाले सोधे, तपाईंलाई किन कफी विथ करणमा बोलाइएन ? तपसीको जवाफ थियो, ‘कफी विथ करणमा जानको लागि मेरो यौन जीवन त्यति रोचक छैन ।’

तापसी पन्नु उनको छोटो तर तीव्र प्रतिक्रियाको लागि चर्चित छन् । यो टिप्पणी पनि अर्थपूर्ण छ, किनकि कफी विथ करणका पछिल्ला एपिसोडमा भएका वार्तालाप यौनकै वरपर केन्द्रित छन् । समय यात्राको कथा पेश गर्ने फिल्म दोबारा लण्डन फिल्म फेस्टिभल र फ्यान्टासिया फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यो फिल्मका लागि अनुराग कश्यप र तापसीले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?