+
+

एनएमबि क्यापिटल नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते २०:१०

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली नेशनल पेमेन्ट इन्टरफेससँग जोडिएको छ । उक्त सिस्टमा जोडिएसँगै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेजनाएको छ ।

एनएमबि क्यापिटलले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको जनाएको छ । सम्झौतामा एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको एनएमबी क्यापिटलले एनसीएचएल–आईपीएस्, र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु लाभग्राहीहरुका बैंक खाताबीच सोझै गर्न सक्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?