+
+

‘खजुरे ब्रो’को काठमाडौं प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १२:१५

काठमाडौं । सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’को काठमाडौं प्रिमियर गरिएको छ । मंगलबार साँझ क्यूएफएक्सको सिभिल मलमा आयोजित समारोहमा फिल्मको ‘कास्ट एण्ड क्रू’ सहभागी रहे ।

फिल्मले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो फिल्मलाई बुधबार धरानमा समेत प्रिमियर गर्ने तयारी छ ।

फिल्मले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ । फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ । ‘षडङ्ग’पछि निर्देशक सुनुवारको यो दोस्रो निर्देशकीय फिल्म हो । काठमाडौंसँगै दार्जिलिङ, धरान र इटहरीमा फिल्मको छायांकन गरिएको छ ।

दिव्यदृश्य इन्टरटेनमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता हुन् । यो फिल्म वैशाख २८ देखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?