+
+

‘अनलक्की’ भनिएकोप्रति नीतिको दुःखेसो, भन्छिन्- म हतोत्साही भइसकेकी थिएँ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १७:५८

काठमाडौं । मोडल तथा एक्ट्रेस नीति शाह आइतबार आयोजित डेब्यु फिल्म ‘खजुरे ब्रो’को पत्रकार सम्मेलनमा एकाएक भावुक देखिइन् । बोलिरहँदा उनका आँखा रसाए ।

धमाधम फिल्म साइन गर्ने तर फिल्म नबन्ने सन्दर्भमा आफूलाई ‘अनलक्की’ भनिएकोप्रति उनको दुःखेसो थियो । मिडियादेखि सामाजिक सञ्जालमा यसो भनिंदा आफू निराश र हतोत्साही भएको उनको भनाइ छ ।

नीति भन्दै थिइन्, ‘म अलिकति निराश पनि भएकी थिएँ । ‘रावायण’ पनि फिल्म बनेन । न्युजमा पनि मैले फिल्म साइन गरें कि ब्याड लक भन्ने कुरा आयो । म भावुक भएकी छु, अलिकति हतोत्साही पनि भएकी थिएँ । मेरो मिडिया फ्रेन्डहरुलाई त्यस्तो नगरिदिनु होला भनेर भन्न चाहन्छु ।’

मिडियामा आफूले फिल्म साइन गरेका खबर आउँदा आफूलाई डर लाग्ने उनको भनाइ छ । ‘पहिलो फिल्म नै रिलिज भएको छैन । तर १० वटा फिल्म साइन गरिन् भनेर लिस्ट आइसक्यो । मलाई डर लागिसक्यो,’ नीतिले भनिन्, ‘पहिलो फिल्म रिलिज होस् । एक्टिङ राम्रो होस् । राम्रो फिडब्याक आओस् । मलाई स्टेप बाई स्टेप जान मन छ ।’

उनले आफूलाई दबाब महसुस भइरहेको बताइन् । हालै चर्चा भएजसरी फिल्म ‘बलिदान’मा आफू जोडिएको भन्ने हल्लाको उनले खण्डन गरिन् । उक्त पत्रकार सम्मेलनमा उनले फिल्म खेल्न आफूले गरेको संघर्ष र परिवारलाई गरेको कन्भिन्सबारे कुरा गरेकी थिइन् ।

नीति पूर्वमिस नेपाल इन्टरनेसनल २०१७ हुन् । ‘खजुरे ब्रो’को प्रेसमिटमा पहिलो गीत लन्च भएको थियो । यो फिल्म वैशाख २८ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?