+
+

नीति शाहलाई लिएर फिल्म ‘खजुरे ब्रो’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १२:४०

काठमाडौं । नीति शाह, रेयर राई र महेश त्रिपाठीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘खजुरे ब्रो’को छायांकन सुरु भएको छ । यी तीनैजना कलाकारले छायांकन सेट ज्वाइन गरिसकेका छन् । शुक्रबारदेखि सुटिङ सुरु भएको हो । काठमाडौं र धरानका विभिन्न स्थानमा खिल्म खिच्ने तयारी छ ।

लामो समयदेखि फिल्म खेल्न संघर्षरत पूर्वमिस नेपाल इन्टरनेसनल शाहको डेब्यु सपना पूरा भएको छ । यसअघि निर्माण घोषणा भएर पनि शाहले अभिनय गर्ने भनेका फिल्म रद्द भएका थिए ।

धरानका एक चर्चित व्यक्तिबाट प्रभावित भएर ‘खजुरे ब्रो’ निर्माण थालिएको हो । खजुरे ब्रोको रोलमा रेयरले अभिनय गरेका छन् । मण्डला नाटकघरका यी अभिनेताको अर्को फिल्म ‘गोर्खा वारिअर’ प्रदर्शन तयारीमा छ ।

यो फिल्मको निर्मातामा नवीन मानन्धर र सुरज सुनुवार छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । सुटिङ सुरु भइसकेपनि निर्माताले माघ १ गते यसको औपचारिक घोषणा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?