+
+

महेश त्रिपाठीलाई लिएर कमेडी फिल्म ‘खजुरे ब्रो’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १४:००
फाइल तस्वीर

काठमाडौं । ‘षडङ्ग’ फेम्ड निर्देशक सुरज सुनुवारले आठ वर्षपछि पुनरागमन गर्ने पक्का भएको छ । शुक्रबार उनको आगामी फिल्म ‘खजुरे ब्रो’को निर्माण घोषणा भएको छ ।

ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइतसहित फिल्म निर्माणको घोषणा गरियो । दिव्यदृश्य इन्टरटेनमेन्टको ब्यानरमा सुनुवारले कमेडी कथावस्तुको फिल्म बनाउन लागेका हुन् ।

नियो–नोइर जनरामा बनेको उनको डेब्यु निर्देशकीय फिल्म ‘षडङ्ग’लाई त्यतिबेला रुचाइएको थियो । तर कमब्याक फिल्मको रुपमा उनले हास्य कथामा फिल्मको काम अघि बढाएका हुन् ।

‘खजुरे ब्रो’को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्माता र उनीबीच बुधबार लिखित सहमति भएको जनाइएको छ । यसबाहेक फिल्ममा विल्सनविक्रम राईको समेत चर्चा छ ।

अभिनेता त्रिपाठीको पछिल्लो समय लाइनअप बलियो बन्दैछ । उनी यतिबेला थ्रिलर फिल्म ‘११:५५’ को छायांकनमा व्यस्त छन् । आगामी ओस्कार अवार्डमा उनको फिल्म ‘हल्कारा’ले प्रतिस्पर्धा गर्दैछ ।

‘खजुरे ब्रो’को कुरा गर्दा नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । माघ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई शिशिर बिशंखेले खिच्दैछन् । छायांकन इटहरी, धरान, दार्जिलिङ र काठमाडौंमा हुनेछ ।

दर्शकको चाहनाअनुसार मनोरञ्जक फिल्म बनाउन लागिएको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?