+
+

नीति शाह स्टारर फिल्म ‘खजुरे ब्रो’ बैशाख २८ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते २१:५३

काठमाडौं । पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको डेब्यु अभिनय रहेको फिल्म ‘खजुरे ब्रो’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले शनिबार पोस्टर सार्वजनिक गर्दै बैशाख २८ गतेलाई प्रदर्शन तय गरेका हुन् ।

‘हल्कारा’ फेम्ड महेश त्रिपाठी, रियर राईको समेत प्रमुख भूमिका रहेको यो कमेडी-एक्सन फिल्ममा धरानका मेयर हर्क साम्पाङको केमियो अभिनय छ । पोस्टरले पात्रहरुको मुड दर्शाउँछ ।

खजुरे ब्रोको भूमिकामा रियरले अभिनय गरेका छन् । धरानका एक चर्चित पात्रको जीवनमा आधारित रहेर यो फिल्म बनाइएको बताइएको छ । ‘षडङ्ग’ निर्देशक सुरज सुनुवारको यो दोस्रो निर्देशकीय फिचर हो ।

यो फिल्मको निर्मातामा नवीन मानन्धर र सुरज सुनुवार छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?