+
+

अलमुताइरीले भने : एन्फाको चिठ्ठी पाएकै छैन, के जवाफ दिनु ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते २०:५२

२४ साउन, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फाको कुनै पत्र नपाएको बताएका छन् ।

खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबारे महासचिव किरण राईले अलमुताइरीको धारणा माग्दै पत्र पठाएको तर त्यसको जवाफ नपाएको एन्फा श्रोतले बताएको थियो ।

एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाउन जिम्मा दिइएको थियो । जस अनुसार महासचिव राईले प्रतिवेदनको विषयमा जानकारी गराएर त्यसप्रति धारणा माग गर्दै अल्मुताइरीलाई पत्र पठाएका थिए ।

अलमुताइरीले त्यसको जवाफ नदिएको भन्दै अनलाइखबरसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । त्यो समाचार सार्वजनिक भए लगत्तै आफूले एन्फाको इमेल पाएके पनि उनले बताएका छन् । अहिले पाएको कहिलेसम्म जवाफ दिनु पर्ने हो त्यो नलेखिएको भन्दै उनले आफ्ना कानुन व्यवसायीसँग छलफल गरेर मात्र जवाफ दिने बताएका छन् ।

एन्फाको पत्रको जवाफ नदिए पनि उनले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?