+
+

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १३:२१

प्रेम विवाह होस् वा मागी विवाह । विवाहका केही वर्षसम्म श्रीमान श्रीमतीबीच एकअर्काप्रति उत्सुकता, सुमधुर सम्बन्ध र भरपुर प्रेम भइरहन्छ । उनीहरु सुन्दर र रंगीन संसारको परिकल्पनामा हुन्छन् ।

कुनै नयाँ मान्छेसँग जिन्दगी बिताउनु, नयाँ परिवारसँग सम्बन्ध बनाउनु, आफूलाई विभिन्न नाता सम्बन्धमा परिणत गर्नुले श्रीमान श्रीमतीबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउँछ । साथै नयाँ–नयाँ अनुभव संगाल्न पनि मद्दत गर्छ । यी विभिन्न कुराले विवाहका केही वर्ष निकै रंगीन हुन्छन् ।

तर समयक्रमसँगै पारिवारिक जिम्मेवारी र कार्य व्यस्तताले श्रीमान श्रीमतीले एकहर्कालाई चाहेजति समय दिन सक्दैनन् । काम र जिम्मेवारीबीच प्रेमले कम स्थान पाएको उनीहरुलाई महसुस हुन थाल्छ । जब पारिवारिक जिम्मेवारी र कामको तनावले दम्पतीबीच सम्बन्धमा खल्लोपन आउँछ, तब मनमुटाव सुरु हुन्छ ।

यदि तपाईंको पारिवारिक जीवनमा पनि कुनै तनाव वा वैवाहिक जीवनका सुरुवाती दिनमा जस्तो प्रेम र उत्सुकता छैन वा घट्दै गएको छ भने त्यसलाई यसरी समाधान गर्न सक्नुहुन्छ ः

एकअर्कासँग कुरा गर्ने

विवाह र पारिवारिक जिम्मेवारी निभाउँदै जाँदा श्रीमान श्रीमतीबीच राम्रोसँग कुराकानी हुन पाउँदैन । परिवारको आवश्यकता पूरा लागि दुवै जना निकै व्यस्त हुन्छन् । दम्पतीबीच कुराकानी नहुँदा एकअर्कालाई देख्दा तनाव महसुस हुन्छ । यस्तो बेला एकापसमा खुलेर कुरा राख्नुपर्छ । खुलेर कुराकानी गर्दा सम्बन्धमा सुधार आउनुका साथै एकअर्काका भावना बुझिन्छ र प्रेम बढ्दै जान्छ ।

सार्वजनिक स्थानमा हात समातेर हिंड्ने

विवाहका केही वर्षसम्म दम्पतीबीच सम्बन्ध निकै मजबुत हुन्छ । घर बाहिर जाँदा पनि उनीहरु एकअर्कालाई अंगालो हालेर वा हात समाएर हिंड्छन् । तर समयसँगै उनीहरु यसबाट दूरी बनाउन थाल्छन् ।

वैवाहिक जिन्दगीमा खुसी भर्न फेरि एकपटक पहिलेजस्तै सार्वजनिक स्थानमा एकअर्काको हात समाएर हिंडनुपर्छ । यसले पुराना यादलाई मात्रै ताजा बनाउँदैन । सम्बन्धलाई नयाँ आयामबाट अगाडि बढाउन समेत मद्दत गर्छ ।

सम्बन्धमा पहिले जस्तो मिठास ल्याउन पुराना कामलाई दोहो¥याउनुपर्छ । जस्तै कहिलेकाहीं घुम्न जाने, मन पर्ने वस्तु उपहार दिने तथा सडक किनारमा हिंड्दा हात समाउने आदि । यसो गर्दा सम्बन्धमा सुधार आउनुका साथै मिठास समेत भरिन्छ ।

पुराना याद ताजा बनाउने

विवाहको केही वर्षपछि तपाईंको सम्बन्ध पहिले जस्तो छैन भने पुराना यादलाई ताजा बनाएर त्यसलाई रंगीन बनाउन सकिन्छ । विगतमा गरेको रोमाञ्चित काम तथा एकअर्कालाई मन पर्ने कुरालाई प्राथमिकता दिएका दिन सम्झेर जिन्दगीलाई पुनः नयाँ रंगहरुसँगै सुरु गर्न सकिन्छ । यस्ता क्रियाकलाप गर्दा एकअर्कालाई नजिक हुन सहयोग पुग्छ ।

सुत्नुभन्दा पहिले कुरा गर्ने

विवाहपछि सम्बन्धमा खल्लोपन महसुस हुने कारणमध्ये एक हो सुत्नुभन्दा पहिले एकअर्कासँग कुराकानी नगर्नु । पारिवारिक जिम्मेवारी, कामको व्यस्तता र तनावका कारण दम्पतीले एकअर्कालाई आवश्यक समय दिन सक्दैनन् । यस्तोमा सम्बन्धमा दूरी बढ्न थाल्छ ।

दिनभर काममा व्यस्त भए पनि राति घर फर्कंदा कार्यालयमा भएका क्रियाकलाप तथा साथीभाइका विषयमा कुराकानी गर्न सकिन्छ । यस्तो गर्दा एकापसमा निकटता बढ्नुका साथै कुराकानी गर्ने बानी बस्छ । जसले गर्दा सम्बन्ध पुरानै अवस्थामा फर्किन्छ र खुसी महसुस हुन्छ ।

रोमान्सबाट टाढा नभाग्ने

उमेरसँगै रोमान्स र हाँसो मजाक गर्ने बानी घट्दै जान्छ । तर सम्बन्धलाई दिगो, प्रेमिल बनाइराख्न दम्पतीले रोमान्सलाई सधैं महत्व दिनुपर्छ । प्रेम बचाइराख्न र थप प्रगाढ बनाउन एकअर्कालाई मन पर्ने समान उपहार दिने, खाना पकाउने, घुम्ने जस्ता काम गर्नुपर्छ । यसले सम्बन्ध मजबुत बनाउनुका साथै खुसी बढाउन मद्दत गर्छ ।

ओन्ली माइ हेल्थबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?