+
+

भारतीय सेना प्रमुखलाई भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १८:०३

२९ साउन, काठमाडौं । सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ ।

नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिएका हुन् ।

नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन छ ।

सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ कात्तिक २०७८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिएका थिए ।

नेपाली सेनाका प्रधानसेनापति शर्माले २० देखि २३ भदौसम्म पाण्डेलाई नेपाल भ्रमणमा बोलाउने प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत गरे पनि मिति भने स्वीकृत भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?