+
+

५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १८:३०

२९ साउन, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।

यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।

कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?

मन्त्रालयका अनुसार ५० जिल्लाहरुमध्ये प्रदेश नं १ मा भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर रहेका छन् ।

मधेश प्रदेशमा बारा, रौतहट,सर्लाही र बागमती प्रदेशमा रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।

त्यसैगरी, गण्डकी प्रदेशमा बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ, लुम्बनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाबाट खोप दिइनेछ ।

त्यसैगरी, कर्णाली प्रदेशमा पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने मन्त्रालयले जनाएको छ । यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?