+
+
Shares

स्थानीय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनँ : रवीन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १४:४६

३० साउन, काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् ।

स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने स्पष्ट पार्दै उनले भनेका छन्, ‘प्रष्ट छु: स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन । तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ । वास्तविकता यही हो । हल्ला धेरै किसिमको चलाइयो ।’

उनले सामाजिक सञ्जालमा  थप लेखेका छन्, ‘अन्तत्वगत्वा: अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हष्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ। नयाँ नेतृत्वलाई हृदयदेखिको शुभकामना अर्पण गर्दछु ।’

भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको र यो स्वभाविक रहेको उनले बताएका छन् । ‘आउँदा दिनहरूमा म पार्टीभित्र र बाहिर मेरा दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्नेछु । विश्वास दिलाउन प्रयास गर्नेछु । सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’, उनले लेखेका छन् ।

राजीनामापछि पनि अझ ठूलो चुनौतीको पहाड चड्ने बताउँदै उनले देशको रुपान्तरणका लागि राजनीतिक-सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरू एक ठाऊँमा आउनै पर्नेमा जोड दिँएका छन् । मिश्रले विचार मिल्नेहरुलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

‘आजसम्म मैले जे देखेँ, भोगेँ, बुझेँ, पढेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, नेपालमा राजनीतिक-सामाजिक रूपमा ‘नरम संवर्धनवादी  र अर्थ-राजनीतिक रूपमा उदार ‘कल्याणकारी’ बाटो नअपनाएसम्म यो देश मरिगए रूपान्तरण हुँदैन,’ उनले लेखेका छन्, ‘यी दुई दर्शनलाई समिश्रण गर्न सक्ने विश्वासिलो पार्टी नेपालमा छैन। एजेण्डामात्र उठाएर पुग्दैन। त्यसका लागि विश्वासिलो शक्ति नै निर्माण गर्नु पर्ने हुन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?