+
+

वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:०२

३१ साउन, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो,’ उनले भने । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको उनले बताए ।

यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा वामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतमले भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?