+
+

२५ अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १५:२०

३१ साउन, काठमाडौं । लगातार पाँच कारोबार दिन घटेर सोमबार बढेको सेयर बजार मंगलबार नै पुनः घटेको छ । गत साताबाट लगातार घटेको नेप्से आइतबारसम्म लगातार पाँच दिन घटेको थियो । तर, सोमबार भने ५५.८८ अंकले बढेको नेप्से मंगलबार नै पुनः घटेको हो ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से २४.८३ अंक (१.२० प्रतिशत) ले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिमा घटेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूचक घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार ६४ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७३ करोडको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ४० करोड ८२ लाख ४८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ६८ लाख ५३ हजारको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य बढ्दा ४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?