+
+

‘डर्टी पिक्चर २’ निर्माण गर्दै एकता कपुर, नायिका बन्न कृति सेननदेखि तपसी पन्नुको रुचि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ९:०२

काठमाडौं । दशकअघिको चर्चित बलिउड फिल्म ‘डर्टी पिक्चर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । विद्या बालनको मुख्य भूमिका रहेको फिल्म महिला र महिला केन्द्रित कथावस्तुमा बनेको हो । चर्चाको शिखरमा पुगेकी फिल्म नायिकाको पतनको कथा यसले पेश गर्छ ।

बलिउडमा महिला प्रधान फिल्म दर्शकले हेर्दैनन् भन्ने धारणा रहेको बेला एकता कपुरले निर्माण गरेको फिल्मले ८० करोड नेट कलेक्सनको लोभलाग्दो कमाइ गरेको थियो । बलिउड सञ्चारमाध्यमका अनुसार ११ वर्षपछि बालाजी फिल्मले सिक्वेल बनाउन लागेको हो ।

पटकथा लेखक कनिका ढिल्लोनले अहिले फिल्मको कथा लेखिरहेकी छन् । उनले यसअघि ‘मनमर्जियाँ’, ‘हसिन दिलरुबा’, ‘रश्मी रकेट’ आदि फिल्म लेखेकी छन् । एकता कपुरले फिल्म बनाउने तयारी गरेसँगै बलिउड अभिनेत्रीहरु यो फिल्म खेल्ने इच्छासहित सम्पर्कमा पुगेको खबर छ ।

नायिकाद्वय तापसी पन्नु र कृति सेननले फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन् । यसअघि एकताले कंगना रनौतलाई यो फिल्म खेल्ने प्रस्ताव गरेकी थिइन् । तर इमेजलाई असर पर्न सक्ने भन्दै उनले फिल्म खेल्न अस्वीकार गरेको जनाइएको छ ।

मिलन लुथरियाले निर्देशन गरेको पहिलो भाग दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो । प्रसिद्धिको शिखरमा पुगेको बेला ‘सेक्स साइरन’ उपमानले चर्चित सिल्कले उत्तरार्द्ध एक्लो जीवन बिताउनु परेको थियो । विद्या बालनले डर्टी पिक्चरको पहिलो श्रृंखलाबाट राष्ट्रिय पुरस्कार पनि जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?