+
+

विराटनगरका मेयर र उपमेयरको चुनाव खर्च कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १८:०१

२ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले स्थानीय तह निर्वाचनमा आयोगले तोकको सीमा भन्दा कम खर्च भएको विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि सात लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित कोइरालाले ६ लाख ५५ हजार र एमालेबाट उपमेयरमा निर्वाचित शिल्पा कार्कीले ४ लाख ९ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् । मेयर कोइराला विराटनगरको धनाढ््य परिवारका सदस्य हुन् । उपमेयरका श्रीमान उद्योगी हुन् ।

मेयर कोइरालाले साउन २८ गते प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुझाएको खर्च विवरणमा मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा १ लाख ३५ हजार, इनधन खरिदमा ३५ हजार, प्रचारप्रसार सामाग्रीमा ९५ हजार, ढुवानीमा २५ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

त्यस्तै गोष्ठी र कार्यकर्ता परिचालनमा एक लाख ३५ हजार, विद्युतिय र छापा माध्ययमबाट प्रचार प्रसारका लागि ९० हजार, कार्यालय सञ्चालनमा ७५ हजार, प्रतिनिधि परिचालनमा ५० हजार र अन्य शीर्षकको खर्चमा २४ हजार खर्च गरेको विवरण पेश गरेका छन् ।

कोइरालाले गत साउन ४ गते विराटनगर बजार क्षेत्रमा साढे चार विघा जग्गा, तीन करोड तीस लाखको प्राडो, ८० तोला सुन र दस लाख नगद बैंकमा रहेको सम्पती विवरण महानगरपालिकालाई बुझाएका थिए ।

झण्डामा ८० हजार, ढुवानीमा २० हजार

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा कार्कीले एक सय झण्डा खरिदमा ८० हजार र ढुवानीमा २० हजारसहित निर्वाचनमा ४ लाख ९ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेश गरेकी छन् ।

कार्कीले गत साउन २४ गते निर्वाचन आयोगमा बुझाएको विवरणमा प्रचारमा आफ्नै सवारी प्रयोग गरेको उल्लेख गरेकी छन् । उनले मतदाता नामावली खरिदमा ५ सय, १६८ लिटर इन्धन खरिदमा ३० हजार, एक सय झण्डा खरिदमा ८० हजार, ढुवानीमा २० हजार, कार्यकर्ता परिचालन र गोष्ठीमा १ लाख २० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएकी छन् ।

पम्प्लेट तथा अन्य छपाईमा ५० हजार, कार्यालय सञ्चालन र सहयोगीका लागि ४० हजार, प्रतिनिधि परिचालनमा ४५ हजार र विविध शीर्षकमा २४ हजार रुपैयाँ सहित जम्मा ४ लाख ९ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेश गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?