+
+

ठुटेखोलामा पुल बनेको ५ वर्षपछि ‘एप्रोच सडक’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १९:१०

२ भदौ, काठमाडौं । वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका-२ र ३ लाई जोड्ने ठुटेखोला पुलको पूर्वपट्टीको ‘एप्रोच सडक’ निर्माण गरिएको ।

भारतीय पक्षको विवादका कारण हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कालिका बानियाँ जेभीले पुलदेखि पूर्वपट्टिको एप्रोच सडक बनाएको थिएन ।

२०७४ सालमै पुल निर्माण सम्पन्न भएपनि एप्रोच सडक बन्न नसक्दा डाइभर्सन मार्फत अस्थायी रुपमा सवारी आउजाउको व्यवस्था मिलाइएको थियो । पुलको पूर्व तर्फ भारतीय पक्षले नेपाली भूमि भएर सिंचाइका लागि दुई वटा कुलो प्रयोगमा ल्याएका कारण उनीहरुले कुलो पुर्न नदिंदा एप्रोच सडक बन्न सकेको थिएन । दुवै कुलो पुरेर एप्रोच सडक बनाउनुपर्ने नेपाली पक्षको माग थियो । तर भारतीय पक्षले कुलो पुर्न नदिएका कारण डाइभर्सनमार्फत जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता थियो ।

ठोरी गाउँपालिकाको अध्यक्ष लालबहादुर श्रेष्ठले भारतीय पक्षका स्थानीय मुखियाहरुसँग निरन्तर सम्पर्क ,सहकार्य र समन्वय गरी सडक सञ्चालन गरिएको हो । भारतीय पक्षका धमौरा पञ्चायतका मुखिया श्याम बिहारीले आफूहरुलाई पानीसँगको मात्र सरोकार रहेकाले नेपाली पक्षले पर्याप्त पानी जाने वातावरण बनाइदिएकाले कुनै गुनासो नरहेको बताए । हुलाकी सडकले पुनः टेण्डर गरेपछिमात्र उक्त स्थानमा कालोपत्रेको काम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?