+
+

बैतडीमा युवायुवती मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १६:५२
फाइल तस्वीर

३ भदौ, बैतडी । बैतडीमा एक जोडी युवायुवती मृत भेटिएका छन् । बैतडीको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका हुन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?