+
+

राप्रपा छाडेर आएका नेतालाई कमल थापाले बनाए उपाध्यक्ष र महामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १३:०१

४ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनयन गरेका हुन् । गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए । उनीहरुसँगै राप्रपा छाडेका दिलविकास राजभण्डारी भने फेरि राप्रपामै फर्किएका छन् ।

अध्यक्ष थापले रामसुन्दर विष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री सुस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?