+
+

न्युकासलसँग बराबरीमा रोकियो म्यानचेष्टर सिटी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते ७:२६

६ भदौ, काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ ।

न्युकासलको मैदानमा भएको खेलमा सिटीले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको हो ।

रोमान्चक खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए ।

तर, खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोनले न्युकासलका लागि बराबरी गोल फर्काए ।

३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई २-१ को अग्रता दिलाए ।

खेलको ५४ औं मिनेटमा कप्तान काइरन ट्रिपियरले फ्रिकिकबाट गोल गर्दै न्युकासललाई ३-१ को अग्रता दिलाए ।

न्युकासलले दुई गोलको अग्रता कायम राख्न सकेन ।

दोस्रो हाफमा सिटीले चार मिनेटभित्र दुई गोल फर्कायो ।

खेलको ६०औं मिनेटमा सिटीका एर्लिङ हालाण्डले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि ६४ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

तिन खेलबाट ७ अंक जोड्दै सिटी दोस्रो स्थानमा उक्लेको छ ।

न्युकासल पनि अपराजित यात्रा कायम राख्दै ३ खेलबाट ५ अंक जोडेर छैटौं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?