+
+

तीनकुनेमा बाबुराम भट्टराईको पार्टी कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १६:२८

६ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टीले काठमाडौंको तीनकुने सुविधानगरमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ ।

अध्यक्ष बाबुराम भट्टराईले कार्यालय परिसरमा खिचेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भट्टराईंका स्वकीय सचिव रोशन पोखरेलका अनुसार पार्टी कार्यालय स्थापना भएको केही दिन भइसकेको छ ।

नेकपा माओवादी केन्द्रसित चुनावपछि पार्टी एकता समेत गर्ने सहमति गरेको समाजवादी पार्टीले ५ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछ ।

भट्टराईले पार्टी कार्यालय पनि माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै स्पथापना गरेका छन् । माओवादी र समाजवादी पार्टीको कार्यालयबीचको दूरी करिब ५०० मिटर छ ।

भट्टराईकी पत्नी तथा नेपाल समाजवादी पार्टीकी नेता हिसिला यमीको दिदी तिमिला यमी थापाको घरमा मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी कार्यालय राखिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?