+
+

अमेरिकाले खाद्य संकटसँग लड्न झण्डै २ अर्ब अनुदान दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:३८

६ भदौ, काठमाडौं । अमेरिकाले विश्वव्यापी खाद्य संकट समाधान गर्न नेपाललाई करिब २ अर्ब अनुदान दिने घोषणा गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै खाद्य संकट समाधान गर्न १ करोड ५० लाख डलर (करिब १ अर्ब ९० करोड रुपैयाँ) अनुदान दिने जानकारी दिएको हो ।

विश्वव्यापी खाद्य संकट समाधान गर्न अमेरिकी सरकारले २ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता घोषणा गरेको थियो । सोही सहायताको अंश नेपालले समेत प्राप्त गर्ने दूतावासको भनाइ छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)मार्फत नेपालले यो अनुदान पाउने भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनीमा भएको जी७ नेताहरुको सम्मेलनका दौरान सहायता घोषणा गरेका थिए ।

दूतावासका अनुसार कोषले उच्च मूल्यवृद्धि र खाद्यान्न अभावबाट प्रभावित मानिसलाई खाद्यान्न उपलब्ध गराउन भूमिका खेल्नेछ । स-साना कृषि उद्यमलाई सहयोग गर्नेदेखि खाद्य सहायताको खाँचोमा परेका परिवारलाई सहयोग गर्ने समेत दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?