+
+

कांग्रेस नेता निधि फेरि भारत जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १३:१५

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।

पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा पुराना मित्रहरु छन् ।’

उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । यसपटकको भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि भारत जान लागेको निकटवर्तीहरुले बताएका छन् ।

निधिले पनि जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?