+
+

महाभियोग सिफारिस समितिले १५ भदौमा चोलेन्द्रसँग सोधपुछ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते २०:३२

८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।

बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा  १५ भदाैको विहान ११ बजे जबरालाई साेधपुछका लागि बोलाउने उल्लेख छ ।

त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।

समितिले अध्ययन सकेर १८ वा १९ भदौमा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको ज्येष्ठ सदस्य विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?