+
+

कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई महानगरले हटायो (फोटोफिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ भदौ ८ गते १८:३५

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन सुरु गरेको छ ।

कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार-व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरिरहेको छ । मेयर बालेन्द्र साह (बालेन) को निर्देशन पछि महानगर प्रहरी अहिले सो क्षेत्रमा परिचालति भएको हो ।

काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार-व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुहरुलाई हिँड्न गाह्रो भएको भन्दै महानगरले फुटपाथ व्यवसायीलाई हटाउँदै आएको छ ।

फुटपाथ व्यवयसाय सञ्चालनमा रोक लगाएपछि फुटपाथ व्यवसायीहरुले मेयर साहविरुद्ध काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । तर मेयर साहले अटेरी गर्दै फुटपाथमा व्यवसाय सञ्चालन गर्नेमाथि बल प्रयोग गरेर भए पनि फुटपाथ हटाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?