+
+

कीर्तिपुरमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १३:३४
तस्वीर सौजन्य : वीरेन्द्र शाक्य

९ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ ।

नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो ।

‘कम्पाउन्ड बनाउनका लागि नगरपालिकाले मापदण्ड तोकेको छ, तर एक जना स्थानीयले आफ्नो घरमा मापदण्ड विपरीत पर्खाल बनाएका पायौं । विना नक्सापास पर्खाल बनाएका पायौं,’ उनले भने ।

मेयर नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरिएको बताए ।

सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना, नक्सा विपरीत बनेका संरचना हटाउन केही दिनमा सूचना निकाल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?