+
+

१५-२० सिटलाई कसैले रोक्न सक्दैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १५:०८

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उनले बताए । तर आफूहरुले पोखरा महानगरपालिकामा मेयर लिएकै कारण वडामा उम्मेदवारी दिन नदिएकाले यो हिसाब नमिल्ने बताए ।

२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’

आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने र जनतामाझ जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?