+
+

बाटोमा माटो फालेको निहुँमा वडाध्यक्षले कुटेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १२:४१

१० भदौ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ । गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन् ।

वडा नम्वर–५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए । यहि विषयलाई लिएर उनले ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका नितन विष्टलाई पनि उनले कुटेका छन् । विष्ट भन्छन्, ‘ढकाल दाइका बाउछोरा माथिनै हातपात गरेको देखेर म छुटाउन गएँ । जनप्रतिनिधि भएर तपाईंले यसो गर्न मिल्दैन भन्दा उनले मलाई पनि लात्तैलात्ता हाने ।’ आफूहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिन लागेको बताए ।

वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भएको र धकेलाधकेल भएको तर आफूले हातपात नगरेको बताएका छन् । आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि स्थानीयबासिन्दाको आग्रहमा आफू त्यहाँ हेर्न गएको उनले बताए । उनले भने, ‘सार्वजनिक बाटोमा किन माटो हालेको भन्दा स्थानीयहरुले मलाई अभद्र व्यवहार गर्नुभयो ।’ यस विषयमा आफूले पनि कानूनी उपचार खोज्ने वडाध्यक्ष गोम्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?