+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बाटोमा माटो फालेको निहुँमा वडाध्यक्षले कुटेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १२:४१

१० भदौ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ । गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन् ।

वडा नम्वर–५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए । यहि विषयलाई लिएर उनले ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका नितन विष्टलाई पनि उनले कुटेका छन् । विष्ट भन्छन्, ‘ढकाल दाइका बाउछोरा माथिनै हातपात गरेको देखेर म छुटाउन गएँ । जनप्रतिनिधि भएर तपाईंले यसो गर्न मिल्दैन भन्दा उनले मलाई पनि लात्तैलात्ता हाने ।’ आफूहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिन लागेको बताए ।

वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भएको र धकेलाधकेल भएको तर आफूले हातपात नगरेको बताएका छन् । आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि स्थानीयबासिन्दाको आग्रहमा आफू त्यहाँ हेर्न गएको उनले बताए । उनले भने, ‘सार्वजनिक बाटोमा किन माटो हालेको भन्दा स्थानीयहरुले मलाई अभद्र व्यवहार गर्नुभयो ।’ यस विषयमा आफूले पनि कानूनी उपचार खोज्ने वडाध्यक्ष गोम्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?