+
+

कैलालीमा हतकडीसहित युवक फरार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १८:०३

१० भदौ, धनगढी । कैलालीमा हतकडीसहित एक युवक फरार भएका छन् ।

बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेका जोशीपुर गाउँपालिका–४ को वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले उनका बुवा शम्भु चौधरीले दिएको निवेदनका आधारमा पक्राउ गरेर इलाका प्रहरी कार्यालय ल्याउने क्रममा हतकडीसहित उनी भागेको बताए ।

उनी स्थानीय नदीमा हाम फालेर भागेको बताउदै डीएसपी जोशीले इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खोजीका लागि टोली खटिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?