+
+

कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १८:४५

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न मातहतका संरचनामा परिपत्र गरेको छ ।

महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहो¥याउन निर्देशन गरेका हुन् । महामन्त्री थापाले सात प्रदेश कार्यसमिति, जिल्ला, प्रतिनिधि सभा र क्षेत्रीय समितिलाई परिपत्र गरेका छन् ।

बिहीबार चार तहका संरचनालाई परिपत्र गर्दै प्रतिनिधि र प्रदेश सभा प्रत्यक्ष र समानुपातिकको नाम पठाउन उनले निर्देशन दिएका छन् । प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई एक महिला सहित बढीमा दुई जनाको नाम केन्द्रमा पठाउन परिपत्र गरिएको छ । नाम सिफारिस गर्दा सहमतिमा हुन नसके बहुमतको आधारमा निर्णय गर्न निर्देशन दिइएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र मार्फत जिल्ला कार्यसमितिमा आएको सूचिलाई राय सहित भदौ २० मा केन्द्रमा पठाउन परिपत्र गरिएको छ । प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको नाम समेत भदौ २० भित्रमा केन्द्रमा पठाउन निर्देशन गरिएको छ ।

प्रदेश सभातर्फको नाम सिफारिस गर्दा प्रदेश सभा क्षेत्रीय कार्यसमिति र त्यस क्षेत्र भित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिको बैठक बसेर निर्णय गर्न निर्देशन दिइएको छ । प्रतिनिधि सभातर्फको प्रत्यक्ष वा समानुपातिको नाम सिफारिसको निर्णय लिने बैठकमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति,उक्त क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिलाई सहभागी गराउन निर्देशन दिइएको छ ।

तालमेल गर्दा अन्य दललाई छुट्याइएको स्थानमा कांग्रेसले प्रतिस्पर्धा नगर्ने पनि पत्रमा स्पष्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?