+
+

नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते २०:०६

काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् ।

शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम् पनि देखिंदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् ।

आगामी साता ग्राण्ड प्रिमियरको एपिसोड प्रसारण हुने जनाइएको छ । केही महिनाअघि नै रियालिटी शो आयोजक र गोविन्दाबीच यसबारे सहमति भएको थियो सोहीअनुसार उनी गत बिहीबार काठमाडौं उत्रिएका थिए ।

शुक्रबार र शनिबार काठमाडौंमा बिताएका गोविन्दा दम्पती आइतबार दिउँसो कोलकातातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?