+
+

पाकिस्तानी बलर साहले डेब्युमा बटुलेको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १६:३२

१३ भदौ, काठमाडौं । आइतबारराति यूएईमा भएको एसिया कप क्रिकेटमा भारत पाकिस्तानको खेल सबैका लागि रोमाञ्चक थियो ।

खेल भारतले ५ विकेटले जित्यो । तर चर्चा भने यही खेलमा अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका पाकिस्तानी तीव्र गतिका बलर नासिम साहको भयो ।

इतिहासमा विजेताको मात्र चर्चा हुन्छ भनिन्छ तर यी युवा बलरले भने डेब्युकै दिन चर्चा कमाए, त्यो पनि विजेता नबनी ।

टस जितेर फिल्डिङ रोजेको भारतले पाकिस्तानलाई १४७ रनमा सिमित गरेको थियो । तर सामान्य लक्ष्य पछ्याउन क्रिजमा उत्रिएका भारतीय ब्याटरलाई नसिमले ओपनिङ ओभरमा नै गाह्रो बनाए ।

पहिलो ओभरबाट अन्तिम ओभरसम्मको खेलमा नासिमले क्रिकेट प्रेमीको मनमा एक छुट्टै पहिचान बनाए ।

उनले पहिलो ओभरको तेस्रो बलमा भारतीय ओपनर के एल राहुललाई खाता नखोली पभेलियन फर्काए ।

त्यसपछि आएका विराट कोहलीलाई पनि दबावमा राख्दै खुलेर खेल्न दिएनन् । उनले पहिलो ओभरका चौथो, पाँचौं र छैटौं बलमा दुई ब्याटरलाई राम्रै तर्साए ।

उनले १५ औं ओभरमा आफ्नो तेस्रो ओभरसँगै अर्को महत्वपूर्ण विकेट लिए । उनले सूर्यकुमार यादवलाई १८ रनमा बोल्ड आउट गराए । उनले ४ ओभरमा २७ रन खर्चिदै २ विकेट लिए ।

आफ्नो चौथो ओभरको दोस्रो बल फालेपछि उनको खुट्टाको मांशपेशी तन्कियो र उनलाई मैदानमा नै फिजियोथेरापी गरियो ।

उनको अन्तिम ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे, जुन छक्का भारतको जितका लागि महत्वपूर्ण सावित भयो ।

कोहलीसँग मिल्दो जीवनी

नासिम र कोहलीको जीवन कहानी एक जस्तै छ । जब कोहली १७ वर्षका थिए, उनले खेल खेलिरहेका बेला ब्रेन स्ट्रोकका कारण उनका पिताको मृत्यु भएको थियो ।

उनी दिल्लीको रणजी टिममा थिए । खेलको दोश्रो दिन उनी नटआउट थिए । त्यही बेला उनले पिताको मृत्युको खबर सुने । उनलाई नातेदारहरुले बोलाए, तर उनी घर गएनन् । नटआउट पारी खेल्न मैदानमा उत्रिए र ९० रन बनाए । उनी बुवा बितेको तेस्रो दिन मात्र घर फर्किएका थिए ।

त्यस्तै पाकिस्तानका युवा बलर १६ वर्षको हुँदा आफ्नो एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका थिए । अष्ट्रेलियामा खेलिरहेका बेला उनकी आमाको निधन भयो । उनी अष्ट्रेलियामा भएका कारण, उनले आमाको अन्त्येष्टिमा सामेल हुने मौका पाएनन् ।

सामाजिक सञ्जालमा ‘नासिम’ ट्रेन्ड

सामाजिक सञ्जालमा भारतीय अलराउण्डर हार्दिक पाण्ड्य ट्रेन्ड गरिरहेका बेला नासिमले पनि ट्रेन्डमा देखिएका छन् । पाकिस्तानमा उनी ट्वीटरमा नम्बर २ मा टे«न्डिङमा छन् । उनलाई विश्वका अन्य खेलाडी तथा प्रशंसकले पनि तारिफ गरेका छन् ।

उनलाई केही मिडियाले त ‘स्टार’ समेत भन्न भ्याएा छन् । उदयीमान खेलाडी नासिमले अन्य खेलहरुमा पनि पाकिस्तानको लागि उत्कृष्ट प्रदर्शन गर्न सक्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?