+
+

एकीकृत समाजवादीले भन्यो : जसपाको फुट निन्दनीय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १७:२९

२४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दल एकढिक्का रहेको बताएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेको भोलिपल्ट एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको थियो । बैठकपछि सांसद शेरबहादुर कुँवरले जसपाको फुट दु:खद भएको बताए ।

जसपा सरकार र समाजवादी मोर्चामा समेत रहेको भन्दै उनले भने, ‘समाजवादी मोर्चा र सरकारमै सहभागी दलहरूलाई विभाजन गर्नेहरू जुन ढंगका गतिविधि जोजोबाट भएका छन्, यो निन्दनीय हुन् ।’

यो राष्ट्रियतालाई कमजोर गर्ने र स्थायित्वका लागि भएका प्रयासलाई रोक्ने, कमजोर गर्ने खेल भएको समेत उनले बताए ।

उनले आफ्ना दल भने एकढिक्का रहेको बताए । जसपामा आएको फुटपछि आफ्नो दलबारे अफवाह फैलाइएको भन्दै उनले भने, ‘हाम्रो पार्टीका सांसदहरू कतै जानु भएको छैन, हामी एक ढिक्का छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?