+
+

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:००

१३ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वक ट्रफी नेपाल आइपुगेको छ । आइसीसी ट्रफी टुर अन्तर्गत टी-२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले ट्रफी नेपाल आइपुगेको र मंगलबार ट्रफी टुर सुरु हुने जानकारी दिए ।

‘ट्रफी नेपाल आइपुगेको छ । भोलिबाट ट्रफी सुरु हुने भएकोले जानकारी दिउँ भनेर यो कार्यक्रम गरेको हो,’ आज (सोमबार) भएको पत्रकार सम्मेलनमा वृतान्तले भने, ‘भोलिबाट ट्रफी टुर सुरु हुन्छ । भोलि बिहान साढे ७ बजे ट्रफीलाई लिएर गोक्यो ताल र कालापत्थर जान्छौँ । मिल्यो भने राष्ट्रपतिसँग पनि अवलोकन गराउँछौँ ।’

बुधबार दिउँसो भक्तपुर दरबार स्क्वारमा पनि ट्रफी लैजाने वृतान्तले बताए । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार लैजान लागेको उनले बताए । यस्तै आईसीसी मार्केटिङ एण्ड कम्युनिकेसन प्रतिनिधि शोमेरेस सेट्टीले धेरै समर्थकको माझ पुर्‍याउने उद्देश्यका साथ यो ट्रफी टुर सुरु गरिएको बताए ।

मंगलबार बेलुकी हायत प्यालेसमा ट्रफी प्रदर्शन गरिने र गाला डिनर गरिने वृतान्तले जानकारी दिए । यसअघि सन् २०१८ मा एकदिवशीय विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?